Ev Auto Bazar
05/Jan/2026
नेपालमा सुजुकी भिक्टोरिस SUV लन्च, लन्चिङ मूल्य ५० लाख ९९ हजारबाट सुरु | Suzuki Victoris Launched in Nepal
सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले नयाँ प्रिमियम एसयूभी सुजुकी भिक्टोरिस नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। यही सातादेखि देशभरका सुजुकी शोरुममा यो एसयूभी
भारतमा केही महिनाअघि मात्रै सार्वजनिक भएको भिक्टोरिस अब नेपालमा पनि प्रवेश गरेको छ। यस एसयूभीको सुरुवाती भेरिएन्टको मूल्य ५० लाख ९९ हजार रुपैयाँ तोकिएको छ। लन्च अवसरलाई लक्षित गर्दै सीजी मोटोकर्पले सीमित अवधिका लागि विशेष अफर समेत ल्याएको छ। कम्पनीका अनुसार पहिलो ५० जना ग्राहकले २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्।
सीजी मोटोकर्पका अनुसार भिक्टोरिस हालसम्मकै सबैभन्दा फिचर–लोडेड सुजुकी एसयूभी हो। आधुनिक र भविष्यमुखी डिजाइन, प्रिमियम कम्फर्ट र इन्टेलिजेन्ट टेक्नोलोजीको संयोजनलाई केन्द्रमा राखेर यो गाडी विकास गरिएको जनाइएको छ। भिक्टोरिसमा १.५ लिटर स्मार्ट हाइब्रिड पेट्रोल र स्ट्रोङ हाइब्रिड इन्जिन विकल्प उपलब्ध छन्। यो एसयूभी म्यानुअल तथा अटोमेटिक ट्रान्समिसन दुवैमा उपलब्ध हुनेछ।
सुरक्षाको पक्षमा पनि भिक्टोरिस उत्कृष्ट देखिन्छ। यसमा लेभल–२ एडभान्स ड्राइभर असिस्ट सिस्टम (ADAS) समावेश गरिएको छ, जसले सडक सुरक्षालाई अझ मजबुत बनाउँछ। मजबुत बिल्ड क्वालिटी र अत्याधुनिक सेफ्टी फिचरका कारण यस एसयूभीले ग्लोबल एनक्यापबाट ५ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल भएको छ।
फिचरको हिसाबले भिक्टोरिस प्रिमियम सेग्मेन्टमा अग्रपंक्तिमा देखिन्छ। यसमा डल्बी एटमस अडियो सिस्टम, पावर्ड टेलगेट, भेन्टिलेटेड फ्रन्ट सिट, १०.२५ इन्च स्मार्टप्ले प्रो प्लस इन्फोटेनमेन्ट सिस्टम, ७ इन्च डिजिटल ड्राइभर डिस्प्ले, एम्बियन्ट लाइटिङ, हेड–अप डिस्प्ले, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, क्रुज कन्ट्रोल र ६ वटा एयरब्याग जस्ता सुविधा समावेश छन्।
उत्कृष्ट प्रविधि र प्रदर्शनका कारण भिक्टोरिसले ‘इन्डियन कार अफ द इयर २०२५’ अवार्ड समेत जितिसकेको छ। नेपाली बजारमा यसले हुन्डाई क्रेटा, किया सेल्टोस, होन्डा एलिभेट, स्कोडा कुशाक र फक्सवागन टाइगुन जस्ता ४.३ मिटर सेग्मेन्टका लोकप्रिय एसयूभीहरूसँग प्रतिस्पर्धा गर्नेछ।
Ev Auto Bazar
04/Jan/2026
एमएडब्लु वृद्धिले गर्यो दाङमा नयाँ डोङफेङ शोरूमको उद्घाटन, साथै नामी भिगो सार्वजनिक
नेपालका लागि डोङफेङ इलेक्ट्रिक सवारी साधनका आधिकारिक वितरक एमएडब्लु वृद्धिले दाङ्गमा नयाँ, स्टेट-अफ-दि-आर्ट डोङफेङ शोरूमको औपचारिक उद्घाटन गर्दै पश्चिम नेपाललाई विद्युतीय यातायाततर्फ अग्रसर बनाउने आफ्नो यात्रामा
भव्य उद्घाटन कार्यक्रममा स्थानीय प्रतिष्ठित व्यक्तित्वहरू, अटोमोबाइल पारखीहरू, सञ्चारकर्मीहरू तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथिका रूपमा एफएनसिसीआई दाङ्गका वरिष्ठ उपाध्यक्ष श्री नरेश श्रेष्ठ तथा विशेष अतिथिका रूपमा डोङफेङ मोटर इन्डस्ट्रि इम्पोर्ट एन्ड एक्सपोर्ट कम्पनी लिमिटेड (DFMIEC) का दक्षिण एसिया क्षेत्रीय प्रबन्धक श्री हे जिक्सिनको गरिमामय उपस्थिति रहेको थियो। साथै एमएडब्लु समूहका वरिष्ठ नेतृत्वहरू - एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक श्री विवेक सिकरिया र एमएडब्लु वृद्धि मोटर्सका प्रमुख कार्यकारी अधिकृत श्री प्रशन्न पन्त - समेत कार्यक्रममा सहभागी भई अवसरलाई विशेष बनाएका थिए।
शोरूम उद्घाटनसँगै एमएडब्लु वृद्धि र राप्ती अटोमार्टले बहुप्रतीक्षित स्मार्ट इलेक्ट्रिक एसयुभी नामी भिगोको औपचारिक अनावरण पनि गरेका छन्। डोङफेङको क्वान्टम आर्किटेक्चर प्लेटफर्ममा आधारित नामी भिगो आकर्षक म्याजिक क्युब डिजाइन, शक्तिशाली ९९ किलोवाट मोटर तथा ३५० किलोमिटरसम्मको डब्ल्यूएलटीपी रेन्ज प्रदान गर्ने ब्याट्री प्रणालीका कारण विशेष रूपमा आकर्षणको केन्द्र बनेको छ। यसका प्रमुख विशेषताहरूमा सेग्मेन्टमै पहिलो हेभेन एन्ड अर्थ टेलगेट, संगीतसँग तालमेल हुने एम्बियन्ट लाइटिङ, मेमोरी तथा वेलकम सिट, र उच्च सुरक्षाका लागि लेभल–२ एडास प्रविधि समावेश छन्। उल्लेखनीय रूपमा, नामी भिगोमा अल्ट्रा-फास्ट चार्जिङ सुविधा रहेको छ, जसले मात्र १८ मिनेटमै ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्ने क्षमता राख्दछ।
यस ऐतिहासिक अवसरको उपलक्ष्यमा एमएडब्लु वृद्धि र राप्ती अटोमार्टले दाङ्गमा “टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प” पनि सुरु गरेका छन्, जसअन्तर्गत स्थानीय ग्राहकहरूका लागि आकर्षक लाभहरूको व्यापक प्याकेज उपलब्ध गराइएको छ। क्याम्प अवधिभर ग्राहकहरूले नयाँ सार्वजनिक गरिएको नामी भिगो वा नामी बक्स विशेष नाडा मूल्यमा खरिद गर्न सक्नेछन्। यससँगै ७ किलोवाट क्षमताको फास्ट चार्जर र ३.५ किलोवाट क्षमताको पोर्टेबल चार्जर सहितको पूर्ण डुअल–चार्जिङ समाधान प्रदान गरिनेछ। थप रूपमा, ग्राहकहरूलाई निःशुल्क अटो प्लस बीमा पनि उपलब्ध गराइनेछ, जसले नयाँ सवारी साधनसँग पूर्ण मानसिक शान्ति सुनिश्चित गर्नेछ। प्रिमियम इलेक्ट्रिक एसयुभी खोजिरहेका ग्राहकहरूका लागि सेरेस मोडेलमा अधिकतम ६ लाख रुपैयाँसम्मका विशेष लाभहरू प्रदान गरिनेछ। सबै मोडेलमा पुराना सवारी साधनको उत्कृष्ट मूल्याङ्कन सुनिश्चित गरिनेछ भने नयाँ शोरूममा टेस्ट ड्राइभ लिने प्रत्येक आगन्तुकलाई निश्चित उपहार प्रदान गरिनेछ।
दाङ्गमा सञ्चालनमा आएको यो नयाँ अत्याधुनिक शोरूमले डोङफेङ र सेरेसका लागि क्षेत्रीय प्रमुख केन्द्रका रूपमा बिक्री, सेवा तथा स्पेयर पार्ट्सको सम्पूर्ण सुविधा प्रदान गर्नेछ। दाङ्गवासीहरूलाई यी उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक सवारी साधनहरूको अनुभव प्रत्यक्ष रूपमा लिन तथा सीमित अवधिका विशेष अफरहरूको लाभ उठाउन एमएडब्लु वृद्धिले हार्दिक आमन्त्रण गरेको छ।
Ev Auto Bazar
02/Jan/2026
Ather ले परिचयपत्रकै आधारमा स्कुटर खरिद गर्न सकिने सरल EMI योजना सार्वजनिक, मासिक किस्ता NPR 6,058 बाट सुरु
नेपालकै नं. १ प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather ले स्कुटर स्वामित्व प्रक्रियालाई अझ सहज बनाउने उद्देश्यसहित नयाँ परिचयपत्र–आधारित EMI योजना सार्वजनिक गरेको छ। यस योजनाअनुसार अब
कम्पनीका अनुसार EMI योजना NPR 6,058 बाट सुरु हुने भएकाले नेपालमा प्रिमियम इलेक्ट्रिक स्कुटर खरिद गर्न चाहने ग्राहकका लागि यो हालसम्मकै सबैभन्दा सरल र पहुँचयोग्य विकल्प बनेको छ।
परिचयपत्रमा आधारित यो वित्तीय सुविधाले EV खरिदमा देखिने कागजी झन्झट र वित्तीय अवरोध हटाउँदै देशभर दिगो तथा स्मार्ट मोबिलिटीलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको Ather ले जनाएको छ।
प्रविधि, प्रदर्शन र ग्राहक अनुभवलाई प्राथमिकतामा राख्दै आएको Ather हाल नेपाली इलेक्ट्रिक दुईपाङ्ग्रे बजारमा अग्रणी ब्रान्डका रूपमा स्थापित छ। बढ्दो ग्राहक मागलाई सम्बोधन गर्न कम्पनीले देशव्यापी सेवा र चार्जिङ पूर्वाधारलाई समेत तीव्र रूपमा विस्तार गर्दै आएको छ।
हाल नेपालमा Ather का
८ वटा Experience Center (काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, पोखरा, इटहरी र बुटवल),
१ Test Ride Zone (बौद्ध, काठमाडौं),
८ वटा अधिकृत सेवा केन्द्र, तथा प्रमुख सहर र राजमार्गहरूमा २७ भन्दा बढी Ather Grid फास्ट चार्जिङ पोइन्टहरू सञ्चालनमा छन्।
स्मार्ट टचस्क्रिन ड्यासबोर्ड, छिटो चार्जिङ क्षमता, ओभर–द–एयर (OTA) सफ्टवेयर अपडेट र उत्कृष्ट राइडिङ अनुभवका कारण Ather नेपाली उपभोक्तामाझ विश्वासिलो इलेक्ट्रिक स्कुटर ब्रान्डको रूपमा चिनिँदै आएको छ।
कम्पनीका अनुसार यो नयाँ पहलले उन्नत प्रविधि, सहज स्वामित्व प्रक्रिया र भरपर्दो पूर्वाधारलाई एकै ठाउँमा जोड्दै नेपालमा इलेक्ट्रिक सवारीसाधनको अपनत्वलाई अझ तीव्र बनाउने Ather को दीर्घकालीन प्रतिबद्धतालाई थप बलियो बनाउनेछ।
बीवाईडी हाई–टेक विक सम्पन्न, गरियो बीवाईडी एट्टो ३ को १० लाख १० हजारौं ग्लोबल माइलस्टोन डेलिभरी
बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा. लि. ले सफलतापूर्वक बीवाईडी हाई–टेक विक सम्पन्न गरेको छ । चीन वाहिर पहिलो पटक सम्पन्न भएको
ग्लोबल माइलस्टोन : नेपालमा डेलिभरी गरियो १० लाख १० हजारौं बीवाईडी एट्टो ३
बीवाईडी हाई–टेक विकको एक महत्वपूर्ण क्षणको रुपमा नेपालका एक ग्राहकलाई ग्लोबल माइलस्टोनको रुपमा रहेको १० लाख १० हजारौं बीवाईडी एट्टो ३ डेलिभरी गर्नु रहेको थियो । यो ऐतिहासिक उपलब्धिले इलेक्ट्रिक मोबिलिटीमा भइरहेको विश्वव्यापी रुपान्तरण र यसको एक महत्वपूर्ण बजारको रुपमा नेपाल रहेको तथ्यलाई पुनः पुष्टि गर्नुका साथै देशमा बढ्दो बीवाईडीको उपस्थितिलाई समेत दर्र्शाएको छ ।
बीवाईडी हाई–टेक विक एक्सक्लुसिभ अफर विस्तार
यो महत्वपूर्ण माइलस्टोनका साथै नेपालमा सफलतापूर्वक सम्पन्न भएको बीवाईडी हाई–टेक विकको स्मरणमा साइमेक्स इंकले सो इभेन्ट अवधिमा बुकिङ गरिएका सबै बीवाईडी ईभीमा १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी उपलब्ध गराएको छ । सो अफर आगामी मार्च ९ सम्म जारी रहने छ । यसले विश्वसनियता र ग्राहक सन्तुष्टीका लागि बीवाईडीको अटुट प्रतिबद्धतालाई दर्शाउँछ ।
दिगो मोबिलिटी भविष्यमा अग्रणी बन्दै
हाई–टेक विकको अवसरमा अवलोकनकर्ताहरुले विभिन्न सवारी साधनमा भएका प्रविधिको अभुतपूर्व प्रदर्शन अनुभव गर्ने अवसर पाए, जसमा अतुलनीय सुरक्षा र दिगोपना झल्काउने ब्लेड ब्याट्री नेल पेनेट्रेसन टेस्ट, दक्षता र कार्यक्षमता झल्काउने ई–प्लेटफर्म ३.० तथा कम्पास टर्न, ट्यांक टर्न र अटोमेटिक पार्किङ जस्ता इन्टेलिजेन्ट भेइकल कन्ट्रोल फिचरहरु लाइभ शोकेस गरिएको थियो ।
इभेन्ट समापनको अवसरमा बोल्दै साइमेक्स इंक प्रा.लि. की म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठले भन्नुभयो, ‘चीन वाहिर पहिलो पटक आयोजना गरिएको बीवाईडी हाई–टेक विक अभुतपूर्व रुपमा सफलतापूर्वक सम्पन्न भएको छ । अवलोकनकर्ताहरुबाट उत्साहजनक रुपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ र हामी विश्वव्यापी रुपमा भइरहेको ईभी रुपान्तरणमा नेपालको भूमिकाका कारण सम्मानित भएका छौ । १० लाख १० हजारौं बीवाईडी एट्टो ३ को माइलस्टोन डेलिभरी र स्पेसल वारेन्टी अफरको विस्तारले इलेक्ट्रिक मोबिलिटीलाई सबैका लागि अझै पहुँचयोग्य र दिगो बनाउने हाम्रो प्रतिबद्धतालाई थप पुष्टि गरेको छ ।’
नवीन प्रविधि र अद्वितीय ग्राहक सेवामार्फत हरित भविष्य सुनिश्चित गर्दै विश्व–स्तरीय इलेक्ट्रिक सवारी साधन नेपाली बजारमा भित्र्याउने कार्यमा साइमेक्स इंक प्रा.लि. सदैव प्रतिबद्ध छ ।
Ev Auto Bazar
23/Jun/2025
नेपालमा बीवाईडी डल्फिन २०२५ सार्वजनिक, ३४० किमी रेन्ज र ३० मिनेट चार्ज क्षमता सहित
काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले नयाँ संस्करणको बीवाईडी डल्फिन २०२५ सार्वजनिक गरेको छ। नेपालका लागि विद्युतीय ह्याचब्याक बजारको
यो ब्याट्री परम्परागत लिड–एसिड ब्याट्रीभन्दा ६ गुणा हल्का र ५ गुणा कम सेल्फ डिस्चार्ज हुने क्षमता राख्दछ। १५ वर्षसम्मको आयुसहितको यो ब्याट्रीमा कम्पनीले ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी दिएको छ। यसले लो–भोल्टेज इनर्जी स्टोरेज र विश्वसनियतामा नयाँ मापदण्ड स्थापित गरेको साइमेक्स इंक प्रा.लि.ले जनाएको छ।
बीवाईडी डल्फिन २०२५ मा बीवाईडी ई–प्लेटफर्म ३.० र सुरक्षित ब्लेड ब्याट्री प्रविधि जडान गरिएको छ, जसले ३४० किमी डब्लुएलटीपी रेन्ज प्रदान गर्छ। डीसी चार्जिङ प्रणालीमार्फत यो गाडीको ब्याट्री ३० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सकिने छ।
यो संस्करणमा नेपालका विविध भौगोलिक अवस्थालाई मध्यनजर गर्दै स्पोर्टी सस्पेन्सन, एलईडी हेडलाइट्स, सुधारिएको कुलिङ/हीटिङ एसी सिस्टम, मोबाइल फोन एनएफसी की, ब्लुटुथ की, प्यासेन्जर डोर स्विच लगायतका सुविधा थपिएका छन्। साथै, नयाँ एटलान्टिस ग्रे कलरसहित अब तीन विकल्पमा—एटलान्टिस ग्रे, अर्बन ग्रे र स्की ह्वाइटमा उपलब्ध छ।
यस अत्याधुनिक सुविधायुक्त बीवाईडी डल्फिन २०२५ को मूल्य नेपाली बजारमा प्रतिस्पर्धात्मक रुपमा ४१ लाख १५ हजार रुपैयाँ निर्धारण गरिएको छ। साथमा ग्राहकलाई ७ किलोवाटको होम चार्जर निःशुल्क उपलब्ध गराइने छ।
उक्त कार्यक्रममार्फत बीवाईडी डल्फिनको विश्वव्यापी ८ लाख ३० हजार युनिट बिक्री उपलब्धि र नेपालमा २ हजार ४९० युनिट डेलिभरी पुगेको जानकारी पनि दिइयो। नेपालमा बीवाईडी डल्फिन सबैभन्दा धेरै बिक्री हुने ईभी ह्याचब्याक बनिसकेको कम्पनीको दाबी छ।
सो अवसरमा साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले टिकाउ मोबिलिटी र हरित भविष्यप्रति कम्पनीको प्रतिबद्धता दोहोर्याउनुभयो भने सीईओ साहिल श्रेष्ठले स्वदेशी ऊर्जाको प्रयोग, शून्य उत्सर्जन र सन्तोषजनक ग्राहक सेवाको वाचा गर्नुभयो।
Ev Auto Bazar
27/Mar/2025
गोगोरोले काठमाडौंमा ४५ ब्याट्री स्व्याप स्टेशन सञ्चालनमा ल्यायो
गोगोरोको प्रतिबद्धता पूराः काठमाडौंमा ४५ ब्याट्री स्व्याप स्टेसन सञ्चालनमा,
दुई पाङ्ग्रे विद्युतीय सवारीसाधनहरूको लागि ब्याट्री-स्वापिङ प्रविधिमा विश्वव्यापी अग्रणी गोगोरोले काठमाडौँ उपत्यकाभरि ४५ वटा ब्याट्री स्वाप स्टेशनहरू सफलतापूर्वक
गोगोरोका ४५ स्वाप स्टेशनहरू रणनीतिक रूपमा प्रत्येक २ देखि ३ किलोमिटरको दूरीमा अवस्थित छन्। यसले ईभी प्रयोगकर्तालाई चार्जिङको झन्झट हटाउँदै मात्र ६ सेकेन्डमै पूर्ण चार्ज भएका ब्याट्रीहरूमा सजिलै पहुँच दिनेछ।
गोगोरो ब्याट्री स्वाप स्टेशनका विशेषताहरू
रणनीतिक कभरेज : प्रमुख शहरी क्षेत्र र आसपासका क्षेत्रमा सहज पहुँच।
२४/७ उपलब्धता : स्वाप स्टेशन चौबिसै घण्टा सञ्चालन।
सहज इन्टरफेस : पहिलो पटक प्रयोग गर्नेहरूका लागि सरल प्रणाली।
सुरक्षा तथा अनुगमन : वास्तविक समयमा ब्याट्री स्वास्थ्य निगरानी।
स्केलेबिलिटी : भविष्यको बढ्दो मागलाई व्यवस्थापन गर्न सक्षम।
पावर ब्याकअप : बिजुली अवरोध भए पनि ७ दिनसम्म सञ्चालन।
AI प्रविधि : स्वाप स्टेशनहरू कृत्रिम बुद्धिमत्ता (AI) प्रणालीद्वारा सञ्चालित।
गोगोरोको ब्याट्री-स्वापिङ प्रविधिले चार्ज सकिने चिन्तालाई हटाउँदै विद्युतीय सवारीसाधनलाई व्यवहारिक बनाएको छ। हाल गोगोरोका स्वाप स्टेशनहरू पेट्रोल पम्प, सुपरमार्केट तथा अन्य महत्वपूर्ण स्थानहरूमा राखिएका छन्। हालै मात्र काठमाडौंमा दैनिक १०० भन्दा बढी स्वाप भइरहेको छ।
नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले भन्नुभयो, "नेपालको ईभी इकोसिस्टमलाई बलियो बनाउन हामी प्रतिबद्ध छौं। यी ४५ स्व्याप स्टेसनहरू हाम्रो दीर्घकालीन योजनाको पहिलो खुड्किलो मात्र हुन्। हाम्रो लक्ष्य अझ स्मार्ट र दिगो यातायात प्रणाली निर्माण गर्नु हो।"
सन् २०११ मा स्थापित गोगोरोले ब्याट्री-स्वापिङ नेटवर्कमार्फत शहरी ऊर्जा वितरणलाई पुनः परिभाषित गरिरहेको छ। इनोभेसनका लागि विश्वप्रसिद्ध गोगोरोले ताइवान, फिलिपिन्स, चीन, भारत, जापान, इन्डोनेसिया, कोरिया, इजरायल, सिंगापुर र नेपालमा आफ्नो सेवा विस्तार गरिसकेको छ।
Dipal: Nepal’s No.1 Luxury EV Brand Achieves 800+ Customers and Milestones in Its First Year!
2 April 2025 | नेपालको नं.१ लक्जरी ईभी ब्रान्ड दिपल: पहिलो वर्षमै ८००+ ग्राहकको विश्वास र ऐतिहासिक उपलब्धि!
नेपालमा लक्जरी इलेक्ट्रिक भेहिकल (ईभी) सेग्मेन्टमा अग्रणी बनेको दिपल
दिपलले पहिलो वर्षमा दिपल एस०७, दिपल एल०७, दिपल एस०७ एल र दिपल ई०७ गरी चार अत्याधुनिक ईभी मोडेल सार्वजनिक गरेको छ । यी मोडेलमा ‘जेस्चर कन्ट्रोल’, ‘एआर–एचयुडी’, ‘सनफ्लावर टचस्क्रिन’ जस्ता १० भन्दा बढी ‘इन्डस्ट्री–फस्र्ट’ फिचरहरू समावेश छन्, जसले नेपालमा ईभी प्रयोगकर्ताको अनुभवलाई नयाँ उचाइमा पुर्याएको छ ।
दिपलको विस्तारलाई सहज बनाउन एमएडब्लु वृद्धिले ९६ भन्दा बढी स्थानमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । यो नेपालकै सबैभन्दा ठूलो ईभी चार्जिङ सञ्जाल हो, जसले ईभी अपनत्वलाई अझ सरल र भरपर्दो बनाउने लक्ष्य लिएको छ ।
दिपलले नेपालका चर्चित क्रिकेट खेलाडी पारस खड्का लाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । साथै, नीति शाह, सन्दिप क्षेत्री, प्रतिश जिसी, सुशान्त केसी, स्वेता खड्का, जोन चाम्लिङ राई जस्ता ३० भन्दा बढी चर्चित सेलिब्रिटी तथा खेलाडीले दिपललाई आफ्नो यात्रा साथी बनाएका छन् ।
त्यसैगरी, अन्तर्राष्ट्रिय जगतमा आफ्नो उपस्थितिलाई मजबुत बनाउँदै दिपलले क्रिकेट लेजेन्ड ब्रायन लारा र बलिउड गायक सोनु निगम लाई नेपालमा ल्याएर ब्रान्डलाई थप उचाइमा पुर्याएको छ ।
पहिलो वर्षमै एमएडब्लु वृद्धिले ‘सांग्रिला न्यु इनर्जी अवार्ड’ जित्दै नेपालमा ‘इभी इनोभेसन’ तथा ‘ग्रिन मोबिलिटी’मा गरेको योगदानको मान्यता पाएको छ । त्यस्तै, ‘टेकलेख’ द्वारा दिपल एस०७ लाई ‘एसयूभी अफ द इयर २०२४’ बाट सम्मानित गरिएको थियो ।
दोस्रो वर्षमा प्रवेश गर्दै गर्दा दिपल ब्रान्डले ग्राहक, प्रविधि र नेपाललाई दीर्घकालीन इलेक्ट्रिक भविष्यतर्फ डोर्याउने प्रतिबद्धता जनाएको छ । साथै, पहिलो वर्षको सफल यात्रामा साथ दिने ग्राहक, डिलर, मिडिया, इन्फ्लुएन्सर तथा टिमप्रति दिपलले आभार व्यक्त गरेको छ ।